नेपाली महिला क्रिकेट टिमले जित्यो मलेसियाविरुद्धको सिरिज

`

     २०८२ आश्विन २२ गते १०:५४

काठमाडौँ, असोज २२ । नेपाली महिला क्रिकेट टिमले मलेसियाविरुद्धको सिरिज जितेको छ । नेपालले मलेसियाविरुद्धको सिरिजको पाँचौं खेल ५ विकेटले जितेर सिरिज ३-२ ले जितेको हो ।

फाइनल सरहको अन्तिम खेलमा मलेसियाले दिएको १०४ रनको लक्ष्य पछाएको नेपाली टिमले १८ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि मलेसियाले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १०३ रन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?