यी राजमार्गसहित गुल्मीका ३ मुख्य सडक अवरुद्ध

`

     २०८२ आश्विन ०१ गते ९:०८

काठमाडौँ, १ असोज । तीन दिनको लगातार वर्षाका कारण कालीगण्डकी करिडोर सडकसहित गुल्मीका तीनवटा मुख्य सडक अवरुद्ध बनेका छन् । कालीगण्डकी करिडोरको गुल्मी खण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ स्थित राक्सेमा पहिरो खसेपछि गए रातिदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार मदन भण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडकखण्डको रुरुक्षेत्र गाउँपालिका–३ सल्लेरीमा पहिरो तथा रिडी–वामीटक्सार सडकअन्तर्गत सत्यवती गाउँपालिका–६ डहरेखोलामा पानीको बहाव बढेका कारण आज बिहानदेखि उक्त दुवै सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

सडक अवरुद्ध बनेपछि त्यस क्षेत्रबाट पर्वत, बागलुङ एवं रिडी हुँदै तम्घास, पाल्पा र बुटवलसम्म आवजावत गर्ने सवारीसाधन बाटोमै रोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?