काठमाडौँ, भाद्र १७ । अविरल वर्षासँगै गत शुक्रबारदेखि गएको पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग पाँच दिनपछि खुलेको छ । सडक डिभिजन कार्यालय जुम्लाले डोजर लगाएर पन्छाउन नसकेका पहिरो नेपाली सेनाले ब्लास्टिङ गरेर हटाएको हो ।
पहिरोले रोकिएका साना तथा ठूला मालवाहक गाडी अहिले सञ्चालनमा आइसकेका छन् । सडक सञ्चालनमा आएपछि रोकिएका स्याउ बोकेका ट्रक सुर्खेत, नेपालगन्जतर्फ प्रस्थान गरेका छन् । स्याउ बोकेका २३ वटा ट्रक सडकमै अलपत्र परेका थिए ।




