आसामसँगको टी-२० शृङ्खला नेपाल ‘ए’ले जित्यो

`

     २०८२ भाद्र १६ गते ७:४८

काठमाडौं, १६ भाद्र । भारतको गुवाहाटीमा सम्पन्न आसाम क्रिकेटविरुद्धको टी-२० सिरिज नेपाल ‘ए’ले जितेको छ । सोमबार भएको अन्तिम टी-२० मा नेपाल ‘ए’ ले आसामलाई ४४ रनले हराउँदै शृङ्खला ३-२ ले आफ्नो पक्षमा पारेको हो ।

नेपाल ‘ए’ ले दिएको २०९ रनको लक्ष्य पछ्याएको आसामले २० ओभरमा ९ विकेट गुमाएर १६४ रन मात्रै जोड्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?