काठमाडौं, भदौ १३ । जारी साफ यू–१७ महिला च्याम्पियनसिपको उपाधि भारतले जितेको छ ।
थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा शुक्रबार सम्पन्न खेलमा नेपाललाई ५-० ले पराजित गर्दै भारतले एक खेल अघि नै प्रतियोगिताको उपाधि जितेको हो ।
भारतको जितमा पर्ल फेर्नानडेज र दिभ्यानी लिन्डाले २-२ गोल गरेका थिए भने निरा चानुले एक गोल गरेका थिए ।
यो जितपछि भारतको ५ खेलमा १५ अंक भएको छ र उपाधि जितेको छ ।




