कबाड व्यवसायीले काठमाडौं महानगरको कार्यालय घेराउ गरे

`

     २०८२ भाद्र ०९ गते ४:१५

काठमाडौं, ९ भदौ । सर्वोच्च अदालतको आदेश विपरित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कवाड व्यवसायमा तोडफोड सहितको अत्याचार बिरुद्ध कबाड व्यवसायीले आज काठमाडौंमा प्रदर्शन गरेका छन् ।

काठमाडौंमा प्रदर्शन गर्दै उनीहरुले कमलादी स्थित काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गरेका छन् । कबाड व्यवसायी संघर्ष समितिका अध्यक्ष रामकेवल गुप्ताको नेतृत्वमा भृकुटीमण्डपबाट निष्केको जुलुस नाराबाजी गर्दै महानगरको कार्यालय घेराउ गर्न पुगेको हो ।

बालेन चोर देश छोड, कबाड व्यवसायमाथिको अत्याचार बन्द गर, बालेनको गुण्डागर्दी एवं तोडफोड बन्द गर, अदालतको आदेश पालना गर, व्यवसायमाथिको हस्तक्षेप बन्द गर लगायतका नारा उनीहरुले लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?