काठमाडौं, भदौ ४ । साफ यू-१७ महिला च्याम्पियसिपको पहिलो खेलमा नेपालले पराजय भोगेको छ।
बुधबार थिम्पूमा भएको खेलमा नेपाललाई भारतले ७-० गोलले पराजित गरेको हो।
भारतका लागि अशिस्ता बस्नेतले १६ र ४१ मिनेटमा तथा निरा चानुले २५ र ५६ मिनेटमा गरी दुई दुई गोल गरे।
यस्तै अनुस्का कुमारीले पनि ३३ र ६२ मिनेटमा गरी दुई गोल गर्न सफल भइन्। यस्तै जुलानले पहिलो हाफको इन्जुरी समयमा एक गोल थपिन्।




