अवरुद्ध काठमाडौँ–मन्थली सडक एकतर्फी खुल्यो

`

     २०८२ भाद्र ०४ गते २:०५

काठमाडौँ, ४ भदौ । रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक मर्मतपछि एकतर्फी यातायात सञ्चालनमा आएको छ ।

पहिरोका कारण आज बिहानदेखि अवरुद्ध सडक सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए । काठमाडौँबाट दोलखाको चरिकोट, तामाकोशी हुँदै मन्थलीसम्म चल्ने यातातका साधन उक्त सडक अवरुद्ध हुँदा बीच बाटोमै रोकिएका थिए । एकतर्फी रूपमा सडक सञ्चालनमा आएपछि बाटोमा रोकिएका सवारीसाधन आ–आफ्नो गन्तव्यस्थलतर्फ लागेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?