नेपालको होबार्ट हुरीक्यान्स माथि जित

`

     २०८२ भाद्र ०३ गते ३:१९

काठमाडौँ, भदौ ३ । नेपालले होबार्ट हुरीक्यान्सलाई ६६ रनले पराजित गरेको छ ।

अस्ट्रेलियमा जारी टप इन्ड टी-२० सिरिज अन्तर्गत आज नेपालले दिएको १८१ रनको लक्ष्य पछाएको होबार्ट हुरीक्यान्सले १६.१ ओभरमा अल आउट हुदै ११४ रन मात्र बनाएको थियो ।

नेपाललाई जिताउने क्रममा बलर नन्दन यादवले ५ विकेट लिए भने रिजन ढकाल, रोहित पौडेल, सन्दीप लामिछाने र कुशल भुर्तेलले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १८० रन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?