काठमाडौँ, १ भदौ । खोटाङमा डेङ्गु तथा स्क्रबटाइफस सङ्क्रमण बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत साउन महिनामा मात्रै १२ जनामा डेङ्गु तथा १४ जनामा स्क्रबटाइफसको सङ्क्रमण देखिएको हो ।
डेङ्गु र स्क्रबटाइफसको सङ्क्रमण देखिएका बिरामीमध्ये दुईरदुई जनाको जिल्लामा उपचार सम्भव नभएपछि काठमाडौँ ‘रिफर’ गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जीवनप्रसाद चौलागाईंले जानकारी दिए । उनीहरुको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।




