नेपालको ४२ रनले पराजित

`

     २०८२ श्रावण ३१ गते ५:४७

काठमाडौँ, श्रावण ३० । नेपालले टप इन्ड टी-२० सिरिजमा खराब शुरुवात गएको छ । सिरिजको पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले हार बेहोर्दै नेपालले प्रतियोगितामा खराब शुरुवात गरेको हो ।

एनटी स्ट्राइकले दिएको १७८ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउदै १३५ रन बनाएको थियो ।

नेपालका लागि कुशल मल्लले सर्बाधिक ३४ रन बनाए भने गुलशन झाले २६, कप्तान रोहित पौडेलले २३, दिपेन्द्र सिंह ऐरीले १९ रन बनाएका थिए । त्यस्तै आसिफ सेखले ११, कुशल भुर्तेलले ८ रन बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?