" /> सहकारीको ऋण खाई मोजमस्ती गर्दै सङ्गीतकार खड्गी - Sarbocha Media

सहकारीको ऋण खाई मोजमस्ती गर्दै सङ्गीतकार खड्गी

`

     २०८२ श्रावण ३१ गते १२:५१

काठमाडौँ, ३० साउन । हाल नेपालका अधिकांश सहकारी संस्थाहरु संकटग्रस्त अवस्थाबाट गुज्रिरहेका छन्। कतिपय सहकारी संस्थाहरु त नेपाल सरकारबाट संकटग्रस्त घोषणा भई बन्द भईसकेको अवस्था छ । यसरी बचत तथा ऋण सहकारी संस्था र बहुउद्देश्यीय सहकारी संस्थाहरु समस्याग्रस्त अवस्थामा पुग्नको एक प्रमुख कारण संस्थाका सदस्यले संस्थाबाट कर्जा रकम लिई समयमा भुक्तान नगरी आलटाल गरी भागेर गुपचुप वस्नु नै रहेको छ। जसकारण हजारौ बचतकर्ताहरुको रकम फिर्ता गर्न नसक्दा सहकारी संस्थाहरु निकै ठूलो मारमा परिरहेका छन् ।

यस्तै, काठमाडौँ महानगर‌पालिका, न्युरोड स्थित प्रमुख कार्यालय रहेको शार्वरी बचत तथा ऋण सहकारी संस्था लि. बाट धनुसा जिल्ला, यज्ञभुमी -९ स्थायी बसोबास भई हाल काठमाडौँमा बसोबास गर्ने गायक तथा संङ्गितकार संजित खड्गीको श्रीमती मानिसा भट्टराईले व्यापार \ व्यवसाय गर्ने भनि बि. सं २०७५\ ०७ \ ३० गते कर्जा स्वरूप रु २७६००० (२ लाख छयत्तर हजार ) रकम लिई हालसम्म पनि साँवा, व्याज नतिरी फरार रहेका कुरा संस्थाका एक संचालकले बताएका छन् । सन्त बहादुर खड्गीको बुहारी, कमल नयन भट्टराईको छोरी मनिसा भट्टराईले निश्चित अवधिको लागि कर्जा लिएर नतिर्दा संस्थाबाट कर्जा भुक्तानीको लागी पटक-पटक ताकेता गर्दा पनि आलटाल गरी नियतवश भागेर लुकिरहेको कुरा संस्थाका कर्मचारीहरु बताउँछन। ऋणी मनिसा भट्टराईले २,७६,००० कर्जा लिंदा आफ्नै श्रीमान गायक तथा सङ्गितकार संजित खड्गी जमानी बसिदिएको र निज संजित खडगीले समेत संस्थाबाट कर्जा लिई मिलेमतोमा संस्थाको पैसा दुरुपयोग गरेको हुनसक्ने संस्थाको एक कर्मचारीले बताए। हाल श्रीमती भट्टराई र संजित खड्गी संस्थाको पैसा लिई भागेर लुकीछिपी काठमाडौँमा बसिरहेको कुरा जानकार बताउँछन् । यता,ऋणीले कर्जा नतिर्दा संस्थाका बचतकर्ताको रकम फिर्ता गर्न नसकिएको संस्थाका संचालकहरु बताईरहेका छन् । अर्कोतर्फ, संस्थाको पैसा लिई भागेर रमाईलो जिन्दगी बिताईरहेका मनिसा भट्टराई जस्ता खराब नियत भएका व्यक्तिहरुका कारण समग्र सहकारीहरुमा समस्या बढिरहेको कुरा संस्थाका बचतकर्ताहरु बताउँछन्

यसरी सहकारी संस्थाको पैसा लिई अपचलन गरि भागेर लुकि बस्ने ऋणीहरुलाई सामाजिक बहिस्कार गर्नुपर्ने कुरा समेत संस्थाका बचतकर्ताहरुले बताईरहेका छन् । सहकारीको रकम लिई भागेर विश्वको जुनसुकै देशहरुमा बसेको भएतापनि नेपाल सरकार र नेपाल प्रहरी मार्फत रेड कर्नर नोटीस जारी गरि इन्टरपोल मार्फत नेपाल झिकाई कारबाही गर्ने प्रकृया अघि बढाईसकेको कुरा शार्वरी बचत तथा ऋण सहकारीका एक संचालकले बताए । विश्वभर छरिएर रहेका नेपाली समुदायलाई समेत ऋणीको खराब नियतको बारेमा जानकारी गराउने र सम्पुर्ण नेपाली समुदायबाट नै सामाजिक बहिस्कार गर्ने, गराउने गरी कार्य भैरहेको कुरा संस्थाका संचालकहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?