काठमाडौँ । अस्ट्रेलियमा हुने टप इन्ड टी-२० सिरिज खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई गरिएको छ । नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्द, सचिव पारस खड्कालगायतले बिदाई गरेका हुन् । नेपाली राष्ट्रिय क्रिकेट टिम आजै अस्ट्रेलियातर्फ प्रस्थान गर्दैछ ।




