काठमाडौँ । नेपालले आज एएफसी यू-२० महिला एसियन कप छनौट अन्तर्गत उत्तर कोरियाको सामना गर्दैछ ।
यो खेल आज नेपाली समय अनुसार १: ४५ बजेदेखि शुरु हुने छ ।
यस खेलका लागि नेपालको प्लेइङ ११ सार्बजनिक भएको छ । उत्तर कोरियाविरुद्ध खेल्ने नेपाली टिममा गोलकिपर लिला जोशी डिफेन्डर सरिता कुमारीनाथ, माया मास्के, सिमरन राई, सजिना स्याङ्तान, गंगा रोकाया खेलिरहेका छन् भने मिडफिल्डमा सुक्रिया मिया, बर्षा ओली र बिर्साना चौधरी छन् । त्यस्तै फरवार्डमा पूर्णिमा राई र मीना देउवा खेलिरहेका छन् ।




