नेपाल क्रिकेट संघको बोर्ड बैठक मुलपानीमा सुरु

`

     २०८२ श्रावण १६ गते १२:३७

काठमाडौं, साउन १५ । नेपाल क्रिकेट संघको बोर्ड बैठक मुलपानीमा सुरू भएको छ।

बैठकमा नेपाल प्रिमियर लिगको हिसाबसहित छलफलका १२ एजेन्डा छन्।

जसमा एनपिएलको पहिलो संस्करणको आय-व्ययको जानकारी गराउने र त्यसलाई अनुमोदन गर्ने, दोस्रो संस्करणको तयारी र एनपिएलको विषयमा परेका मुद्दाको विषय पहिलो एजेन्डा छ।

यस्तै कर्मचारीको करार सम्झौता, खेलाडीको श्रेणीको पुनरावलोकन र टी-२० विश्वकप २०२६ को तयारी योजनामा पनि बैठकमा छलफल हुनेछ।

थप एजेन्डमा २०२६ का लागि आन्तरिक क्रिकेट योजना, क्यालेण्डर तथा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुको आयोजना छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?