एएफसी यू-२० महिला एसियन कप क्वालिफायर्स खेल्न जाने टिमको बिदाई

`

     २०८२ श्रावण १५ गते ४:५०

काठमाडौँ, श्रावण १४ । एएफसी यू-२० महिला एसियन कप क्वालिफायर्सको लागि भोलि त्यसतर्फ प्रस्थान गर्ने नेपाली राष्ट्रिय यू -२० महिला फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघले दशरथ रंगशालामा बिदाई गरेको छ।

कार्यक्रममा प्रमुख अतिथि तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ, उपाध्यक्ष दावा लामा, महासचिव किरण राई, केन्द्रीय सदस्य भरत बुढ थापा र अनिल मल्ल लगायतले टिमलाई बिदाई गरेका थिए ।

बिदाई कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राईले टिमलाई सफलताको शुभकामना दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?