नेपाली राष्ट्रिय क्रिकेट टिमले थाल्यो भारतमा प्रशिक्षण

`

     २०८२ श्रावण ०७ गते १२:३१

काठमाडौँ, श्रावण ६ । भारतको बैंगलुरुस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमका २० खेलाडीले प्रशिक्षण शुरु गरेका छन् ।

प्रशिक्षण जुलाई २१ देखि अगस्ट ३ सम्म सञ्चालन हुने क्यानले जनाएको छ । आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुने पुरुष टी-२० विश्वकपको एशिया र इष्ट एशिया प्यासिफिक छनौटको तयारी स्वरूप नेपाली टिम अहिले प्रशिक्षणमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?