बाढीको कारण फसेका २३ जनाको हेलिकप्टरमार्फत उद्धार

`

     २०८२ आषाढ २४ गते २:०३

काठमाडौँ, २४ असार । रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर–२ स्थित रसुवागढीमा मंगलबार आएको बाढीको कारण जलविद्युत आयोजनामा फसेका २३ जनालाई उद्धार गरिएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मीहरूले रसुवागढी जलविद्युत आयोजनामा फसेका कामदारहरूको उद्धार गरेका हुन् ।सशस्त्र र नेपाल प्रहरीसँग समन्वय गरेर हेलिकप्टरमार्फत २३ जनाको उद्धार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाल–चीन सीमनाको लेन्डे खोला हुँदै भोटेकोशीमा आएको बाढीका कारण विद्युत् आयोजनामा कार्यरत कामदारहरू त्यहीँ फसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?