एसिया कप क्वालिफायर्स अन्तर्गत नेपाली राष्ट्रिय महिला फुटबल टिमले लाओससँग खेल्दै

`

     २०८२ आषाढ १५ गते ३:२४

काठमाडौँ, असार १५ । नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज एएफसी युमन्स एसिया कप क्वालिफायर्स अन्तर्गत लाओसको सामना गर्दैछ । उज्बेकिस्तानको राष्ट्रिय स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार साँझ ६:१५ बजेदेखि शुरु हुदैछ ।

फिफा वरियतामा लाओस नेपालभन्दा पछाडीको टिम हो । नेपाल हाल फिफाको महिला वरियताको सयौं स्थानमा छ भने लाओस १०७औं स्थानमा रहेको छ ।

नेपाली महिला फुटबल टिमका लागि यो खेल विशेष रहेको छ । यो नेपाली महिला राष्ट्रिय फुटबल टिमको सयौं अन्तर्राष्ट्रिय खेल हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?