काठमाडौँ, असार १० । नेपालले जारी एसीसी यू-१६ इस्ट जोन प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलबार सम्पन्न दोस्रो खेलमा नेपालले जापानलाई ९ विकेटले पराजित गरेको हो ।
जापानले दिएको ८१ रनको लक्ष्य पछाएको नेपालले १४.२ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि प्रसिद्ध जैसीले अविजित ३३ र शिवांश बजगाईंले अविजित ३८ रन बनाएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको जापानले ३४.३ ओभरमा अल आउट हुदै ८० रन बनाएको थियो ।




