काठमाडौँ, असार ४ । बर्षाका कारण नारायणगढ-बुटवल सडक खण्ड अस्तव्यस्त भएपछि वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ ।
प्रहरी कार्यालयले पूर्वबाट पश्चिम जाने सवारी साधनको हकमा नारायणगढ,मुग्लिङ, पोखरा, स्याङजा, बुटवल हुँदै गन्तव्य स्थानमा जान आग्रह गरेको छ भने काठमाण्डौबाट पश्चिम जाने सवारी साधनको हकमा मुग्लिङ पोखरा, स्याङजा, बुटवल हुँदै गन्तव्य स्थानमा जान अनुरोध गरेको छ ।
त्यस्तै पश्चिमबाट पूर्व जाने सवारी साधनको हकमा बुटवल, स्याङजा, पोखरा, मुग्लिङ हुदै गन्तव्य स्थानमा जान र साना सवारी साधनको हकमा अवस्था बुझेर कालिगण्डकी करिडोर अन्तर्गत गैडाकोट, पिपलडाडा सडक खण्डबाट यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।




