काठमाडौं, २७ जेष्ठ । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज लाओससँग खेल्दैछ । नेपाल र लाओसबीचको खेल मङ्गलवार साँझ नेपाली समय अनुसार पौने ६ बजे न्यु लाओस स्टेडियममा सुरु हुनेछ ।
नेपाल लाओससँग हालसम्म अपराजित रहँदै आएको छ । यसअघि भएका ७ खेलमा नेपालले ५ खेल जित्दा दुई खेल बराबरीमा सकिएका छन् ।




