नागढुङ्गा-नौबिसे सडकमा थप ५ दिन सवारी आवागमन बन्द हुने

`

     २०८२ ज्येष्ठ २६ गते ११:४६

काठमाडौँ, जेठ २५ । नागढुङ्गा-नौबिसे सडक खण्डमा सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले थप ५ दिन सवारी आवागमन बन्द हुने भएको छ ।

नागढुङ्गा-मुग्लिङ्ग सडक योजना (पूर्वी खण्ड) ले आइतबार सूचना जारी गर्दै जेठ २६ गतेदेखि जेठ ३० गतेसम्म दैनिक साढे चार घण्टा सडक बन्द हुने जानकारी दिएको हो । सडक हरेक दिन बिहान १०: ३० बजेदेखि दिउँसो ३: ०० बजेसम्म पूर्ण रूपमा बन्द हुनेछ ।

सडक योजनाले काठमाडौंबाट नौबिसेतर्फ जाने सवारीलाई नागढुङ्गा चेकपोस्टमा र नौबिसेबाट काठमाडौंतर्फ आउने सवारीलाई खानीखोला बजारमा नै रोकिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?