एरिका गुरूङलाई त्रिभुवन विमानस्थलमा स्वागत

`

     २०८२ ज्येष्ठ २१ गते ११:३३

काठमाडौं, जेठ २० । कराते खेलाडी एरिका गुरूङ विश्व करातेको सबैभन्दा कठिन मध्येको एक कराते-१ प्रिमियर लिगमा ऐतिहासिक कास्य पदक जितेर नेपाल फर्किएकी छिन्।

एरिकाले आइतबार सम्पन्न महिला ६८ केजीमाथि तौल समूह अन्तर्गत कास्य पदकको खेलमा फ्रान्सेली पिए क्लेमेन्सलाई हराउँदै कराते प्रिमियर लिगको पहिलो सहभागितामै नेपाललाई ऐतिहासिक पदक दिलाएकी हुन्।

उनी कराते प्रिमियर लिगमा पहिलो पदक जित्ने नेपाली खेलाडी समेत बनिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?