काठमाडौं, ८ चैत्र । नेपालले आज सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । एएफसी एसियन कप छनोटको खेल खेल्नुअघि नेपाल–सिंगापुरबीच मैत्रीपूर्ण खेल हुन लागेको हो ।
नेपालले ३६ वर्षपछि सिंगापुरसँग अन्तर्राष्ट्रिय फुटबल खेल्न लागेको हो । यसअघि पछिल्लोपटक सन् १९८९ मा नेपालले विश्वकप छनोटअन्तर्गत सिंगापुरविरुद्ध खेलेको थियो ।




