काठमाडौं, फाल्गुन २९ । लुम्बिनीमा जारी प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई २१८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले ४९.५ ओभरमा अलआउट हुँदै २१७ रन जोड्यो ।
लुम्बिनीका लागि प्रज्वल थापाले अर्धशतकीय पारी खेले । ७९ बलको सामना गरेका उनले ७ चौका र १ छक्काको मद्दतमा ७२ रन हिर्काए ।




