व्यावसायिक फुटबल खेल्न एन्जिला ग्रिस प्रस्थान

`

     २०८१ फाल्गुन १६ गते ३:५२

काठमाडौँ, १६ फाल्गुन । अन्तरराष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता खेल्न नेपाल आएका राष्ट्रिय महिला फुटबल टोलीका कप्तान एन्जिला तुम्बापो सुब्बा आज ग्रिस प्रस्थान गरेका छन् ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घ प्रवक्ता सुरेश शाह, केन्द्रीय सदस्य पेमा डोल्मा लामा, र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरे ।

त्यहाँ उनले निस अट्रोमिटौबाट ग्रिक महिला ‘ए’ डिभिजन लिग खेलिरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?