१९औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा ८० विदेशी सहभागी

`

     २०८१ फाल्गुन ०१ गते २:२१

काठमाडौँ, फागुन १ । नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा हुने १९औं सफल पोखरा म्याराथन फागुन ३ गते हुने भएको छ। पोखरामा बिहीबार पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताको बारेमा जानकारी गराएको हो।

पोखरालाई दौड संस्कृतिको विकास गरी स्वस्थ्य र मानसिक रुपमा नागरिकहरुलाई सचेतना प्रदान गर्न उद्देश्यका साथ हुन लागेको यस म्याराथनमा विभिन्न १४ वटा विधाहरू हुनेछ।

यसपटक पहिलेभन्दा धावकको संख्या पनि बढेको छ । यस संस्करणमा पुरूषतर्फ २१ देशका ८० जना विदेशीसहित १५० जना सहभागी हुनेछन् भने ८ जना महिलाको पनि सहभागिता रहनेछ।

यस्तै हाफ म्याराथनमा महिला १० देशका ४० जना, हाफ म्याराथन पुरूषतर्फ १० विदेशीसहित ११० जना सहभागी हुनेछन्। त्यस्तै रन फर फनमा करिब ७ हजार सहभागी हुनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?