काठमाडौं, २३ माघ । महिला टी-२० आई शृंखलामा नेपाल आफ्नै घरेलु मैदानमा लगातार पाँचै पटक पराजित भएको छ ।
आज बुधबार भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग १० विकेटले पराजित भएको छ । योसँगै जारी प्रतियोगितमा नेपालले नेदरल्याण्ड्सँग ह्याट्रिक हार बेहोरेको छ । यसअघि नेपालले नेदरल्यान्ड्ससँग २० र १५ रन तथा थाइल्यान्डसँग चार विकेट र पाँच रनको हार बेहोरेको थियो।
नेपालले दिएको १४६ रनको बलियो लक्ष्य नेदरल्याण्डसले कुनै पनि विकेट नगुमाई १९ ओभर ४ बलमा भेट्टायो ।




