च्यासल खेल मैदानको मर्मतमा दुई करोड लाग्ने

`

     २०८१ माघ २३ गते १२:०५

काठमाडौं, २३ माघ । ललितपुर महानगरपालिका–९ च्यासलस्थित मनोहरा खोला किनारमा रहेको च्यासल खेल मैदान गत असोजमा आएको बाढीले बगरमा परिणत भएको छ । खेलकुद क्षेत्रका अधिकारीले यसको मर्मतसम्भारका निम्ति तत्काल दुई करोड आवश्यक हुने बताएका छन् ।

च्यासल मैदानलाई पहिलेको अवस्थामा फर्काउन रु दुई करोड बजेट आवश्यक पर्ने राष्ट्रिय खेलकुद परिषद् पूर्वाधार निर्माण तथा मर्मत शाखाका इञ्जिनीयर पूर्ण सुनदासले बताए । उनले भने, ‘बाढीबाट भएको क्षति र मर्मतको लागतबारे अध्ययन गरी प्रतिवेदन तयार गरेका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?