आशिका तामाङ धरौटीमा रिहा

`

     २०८१ माघ १८ गते ५:२६

काठमाडौं, माघ १८ । अदालतले आशिका तामाङलाई धरौटीमा छाड्ने आदेश दिएको छ । शुक्रबार जिल्ला अदालत भक्तपुरका न्यायाधीश सन्तोष प्रसाद पराजुलीले तामाङलाई २० हजार धरौटीमा छाड्ने आदेश गरेका हुन् ।

साँगास्थित झोलुंगे पुलमा प्रवेश गर्नेहरूसँग सूर्यविनायक नगरपालिकाले २० रुपैयाँ कर संकलन गर्दै आएकोमा तामाङले कर लिने निर्णयको विरोध गर्दै कर्मचारीहरूबाट रसिद खोसेर जलाएकी थिइन् । त्यसपछि उनीविरुद्ध भक्तपुर प्रहरीमा उजुरी परेको थियो । यसअघि तामाङ काठमाडौंमा पक्राउ परेर धरौटीमा रिहा भएकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?