काठमाडौं, २६ पुस । मलेसियामा हुने आईसीसी यू–१९ महिला टी–२० विश्वकप खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले शुक्रबार एक कार्यक्रबीच टोलीको बिदाइ गरेको हो ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, क्यानका उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्कालगायत क्यानका सदस्य तथा महिला सिनियर टिमकी कप्तान इन्दु बर्मासहितले टोलीको बिदाइ गरे हुन् ।