मधेशमाथि पुलिस क्लब विजयी

`

     २०८१ पौष २५ गते ३:२१

काठमाडौँ, पौष २५ । जारी जय ट्रफी एलिट कप बहुदिवसीय प्रतियोगितामा नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई इनिंग र ३५ रनले पराजित गरेको छ ।

विहिबार वीरगञ्जमा दोस्रो इनिंगमा मधेश प्रदेशलाई ९४ रनमै अलआउट गरेपछि पुलिसले पहिलो जित निकालेको हो ।

दोस्रो इनिंगमा मधेशलाई अल आउट गर्नेक्रममा पुलिसका कुशल भुर्तेलले सर्बाधिक ५ विकेट लिएका थिए भने गुलशन झाले ३ र ललित राजबंशीले २ विकेट लिएका थिए । त्यस्तै मधेश प्रदेशका लागि विशाल पटेलले सर्बाधिक २७ रन र मयन यादवले २२ रन बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?