काठमाडौँ, पौष १९ । अष्ट्रेलियाको सिड्नीमा शुरु भएको बोर्डर–गावस्कर ट्रफीको अन्तिम खेलमा भारत १८५ रन बनाएर अलआउट भएको छ । टस जितेर पहिला ब्याटिंग गरेको भारतले खेलमा ७२.२ ओभर खेल्दै १८५ रन बनाएको हो ।
भारतका लागि ऋषव पन्तले सर्बाधिक ४० रन बनाए भने रविन्द्र जडेजाले २६, जसप्रित बमराहले २२, शुभमन गिलले २० रन बनाएका थिए ।
त्यस्तै अस्ट्रेलियाका बलरस्कट बोल्याण्डले सर्बाधिक ४ विकेट लिए भने मिचेल स्टार्कले ३ विकेट लिएका थिए । त्यस्तै पाट कमिन्सले २ विकेट लिएका थिए भने नाथन लायनले एक विकेट लिएका थिए ।




