पुष १५, काठमाडौँ । फुटबल टोलीका कप्तान किरणले भेटे प्रधानमन्त्री, के भयो कुराकानी रु
१४ पुस, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोमबार भेट गरेका छन् । भेटपछि किरणले प्रधानमन्त्री ओलीलाई भेट्ने मौका मिलेको र खेलकुदमा प्रधानमन्त्रीले देखाएको माया र प्रतिबद्धताले हौसला मिलेको प्रतिक्रिया दिएका छन् ।
‘आजको दिन विशेष रह्यो । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूसँग भेट्ने मौका मिल्यो । नेपाली खेलकुदप्रति उहाँले देखाउनुभएको माया र प्रतिबद्धताले हामीलाई हौसला मिलेको छ’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।




