जनकपुर बोल्ट्सका खेलाडीलाई गृहनगरमा भव्य स्वागत

`

     २०८१ पौष १२ गते २:४८

काठमाडौँ, पौष १२ । नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि विजेता टिम जनकपुर बोल्ट्सका खेलाडीहरुलाई जनकपुरमा भव्य स्वागत गरिएको छ । शुक्रबार रजौलस्थित राम जानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालामा राष्ट्रिय क्रिकेट संघ धनुषाले खेलाडीहरुलाई समान गरेको हो ।

राम जानकी रङ्गशालाबाट खेलाडीहरु ट्रफी लिएर नगर परिक्रमा गरिरहेका छन् । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह पनि खेलाडीहरु चढेको गाडीमा सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?