ओलम्पिक कमिटीको निर्वाचन रोक्न सर्वोच्चको अन्तरिम आदेश

`

     २०८१ पौष ११ गते ६:५८

काठमाडौं, पौष ११ । सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा रोक लगाएको छ ।

कमल चित्रकारले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले ओलम्पिक कमिटीको वर्तमान नेतृत्वलाई निर्वाचन लगायतका कुनै पनि कार्य नगर्नु नगराउन अन्तरिम आदेश जारी गरेको हो ।

अध्यक्ष जीवनराम श्रेष्ठले एकलौटी निर्वाचनका नाममा अरुलाई निषेध गर्न लागेको भन्दै चित्रकार अदालत गएका थिए ।

सरकारले पनि श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई निर्वाचन नगर्न र सबैको सहभागिता सुनिश्चित गर्न निर्देशन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?