काठमाडौं, २७ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमान्डु गुर्खाजले जनकपुर बोल्ट्सलाई एक सय दुई रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डु जनकपुरको धारिलो बलिङ सामु टिक्न नसक्दा १९.३ ओभरमा सबै विकेट गुमाएर १०१ रनमा अलआउट भएको हो ।




