बंगलादेशसँग १४१ रनमै अलआउट भयो नेपाल

`

     २०८१ मंसिर १६ गते २:२१

काठमाडौं, मंसिर १६ । यूएईमा जारी एसिसी यू-१९ एसिया कपमा नेपालले आफ्नो दोस्रो खेलमा बंगलादेशलाई १४२ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर बंगलादेशले बलिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको हो । नेपालले बंगलादेशविरुद्ध कमजोर ब्याटिङ गर्दै ४५.४ ओभरमा १४१ रनमा अलआउट भयो ।

युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४५ ओभर ४ बलमा १४१ रनमा समेटिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?