काठमाडौं, मङ्सिर १२ । अर्जेन्टिनाका पुर्व डिफेन्सिभ मिडफिल्डर जाभियर मासेरानो इन्टर मियामीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
लियोनेल मेसीको कप्तानीमा रहेको मेजर लिग सकर क्लब इन्टर मायामीले मासेरानोसँग २०२७ सम्मका लागि सम्झौता गरेको जानकारी दिएको छ । मासेरानो हाल अर्जेन्टिनाको जुनियर टिम मुख्य प्रशिक्षक रहेका थिए ।
मासेरानोले बार्सिलोना र अर्जेन्टिनाको राष्ट्रिय टिममा यस अघि मेसीसँगै खेलेका थिए ।