काठमाडौं । कोशी प्रदेश सरकारले विराटनगर किंग्सले नेपाल प्रिमियर लिगको उपाधि जितेमा ३० लाख पुरस्कार दिने घोषणा गरेको छ ।
मंगलबार एनपीएल खेल्न जान लागेको विराटनगरको टिमलाई बिदाई गर्दै कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरले उपाधि जितेमा टिमलाई प्रदेश सरकारको तर्फबाट एकमुष्ट ३० लाख दिने घोषणा गरेका हुन् ।
बिदाइ कार्यक्रममा मुख्यमन्त्री कार्कीले खेल क्षेत्रमा निजी क्षेत्रको सहभागिताले थप आकर्षण बढेको बताउँदै क्रिकेटबाट राष्ट्रिय मात्र हैन, अन्तर्राष्ट्रिय पहिचान बनाउन सकिने उल्लेख गरे ।