भारतविरूद्ध बंगलादेश १४९ रनमै अलआउट

`

     २०८१ आश्विन ०४ गते ४:१५

काठमाडौं, असोज ४ । घरेलु टोली भारतविरूद्धको पहिलो टेस्टमा बंगलादेश पहिलो इनिङ्ग्समा १४९ रनमै अलआउट भएको छ। दोस्रो दिनको खेल नसकिदै बंगलादेश अलआउट भएपछि भारतले पहिलो इनिङ्ग्समा २२७ रनको अग्रता लिएको छ।

बंगलादेशका लागि पहिलो इनिङ्ग्समा सकिब अल हसनले सर्वाधिक ३२ रन जोडे।

बलिङमा भारतका जसप्रित बुमराहले ४ विकेट लिए। उनले ११ ओभरमा १ मेडन राख्दा ५० रन खर्चिए। मोहमद सिराज, आकास दीप र रविन्द्र जडेजाले २(२ विकेट लिए।

त्यसअघि भारत पहिलो इनिङ्ग्समा ३७६ रनमा अलआउट भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?