अफगानिस्तानको टी-२० विश्वकपमा विजयी शुरुवात

`

     २०८१ ज्येष्ठ २२ गते ११:४०

काठमाडौँ, जेठ २२ । आइसीसी टी-२० विश्वकपमा अफगानिस्तानले विजयी शुरुवात गरेको छ । मंगलबार बिहान सम्पन्न समुह सी अन्तर्गतको खेलमा अफगानिस्तानले युगान्डालाई १२५ रनले पराजित गरेको हो ।

अफगानिस्तानले दिएको १८४ रनको लक्ष्य पछाएको युगान्डाले १६ ओभरमा अल आउट हुदै ५८ रन मात्र बनाएको थियो ।

यस अघि पहिला ब्याटिंग गर्दै अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १८३ रन बनाएको थियो ।

यो जितपछि समुह सी मा अफगानिस्तानले महत्वपूर्ण २ अंक हासिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?