काठमाडौं, २१ जेष्ठ । साफ महिला फुटबल च्याम्पियनसिप २०२४ नेपालमा आयोजना हुने भएको छ । सोमबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ)को बैठकले च्याम्पियनसिप नेपालमा आयोजना गर्ने निर्णय गरेको हो ।
अक्टोबर १७ देखि ३० सम्म हुने प्रतियोगिताका सम्पूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । प्रतियोगिताको यस संस्करणमा दक्षिण एसियाका सात वटै देशको सहभागिता रहने समेत साफले जनाएको छ । यो निर्णयसँगै नेपाल साफ महिला च्याम्पियनसिपको लगातार तीन संस्करण आयोजना गर्ने पहिलो राष्ट्र बन्ने भएको छ ।