नेपाल पुलिस क्लबले जित्यो जीतपुरसिमरा गोल्डकप

`

     २०८१ वैशाख ०४ गते २:०५

काठमाडौँ, वैशाख ४ गते । विभागीय टोली नेपाल पुलिस क्लबले सोमबार राती मछिन्द्र एफसीलाई पेनाल्टीसुटआउटमा ४-३ ले पराजित गर्दै १४औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पुलिसले यो पहिलो पटक सिमरा गोल्डकपको उपाधि जितेको हो ।

निर्धारित ९० र अतिरिक्त ३० मिनेटको खेल गोलरहित बराबरीमा समाप्त भएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?