भारतमा जारी फ्रेन्डसिप कपको फाइनलमा नेपाल र गुजरात खेल्ने

`

     २०८० चैत्र २२ गते ६:२७

काठमाडौँ, । भारतमा जारी फ्रेन्डसिप कपको फाइनलमा नेपाल र गुजरात क्रिकेट एसोसियसनको टिम खेल्ने भएका छन् ।

विहिबार सम्पन्न खेलमा गुजरातले बरोडा क्रिकेट एसोसियसनको टिमलाई ५७ रनले पराजित गर्दै फाइनलमा पुगेको हो ।

नेपालले यसअघि नै लगातार तीन खेलमा जित हासिल गरेर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?