फिफा वरियतामा नेपाल तीन स्थान तल झर्यो

`

     २०८० चैत्र २२ गते ३:२०

काठमाडौँ, चैत २२ । फुटबलको सर्वोच्च संस्था फिफाले नयाँ वरियताक्रम जारी गरको छ ।

जसमा नेपाल तीन स्थान तल झरेको छ । नेपाल यस अघि १७५ स्थानमा थियो भने नयाँ वरियतामा १७८ स्थानमा पुगेको छ ।

त्यस्तै फिफा वरियताको शिर्ष स्थानमा भने अर्जेन्टिना कायम रहेको छ । दोस्रो स्थानमा फ्रान्स छ भने एक स्थान सुधार गर्दै बेल्जियम तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै इङल्याण्ड एक स्थान तल झरेर चौथो स्थानमा छ भने ब्राजिल पाँचौं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?