इण्डो नेपाल टी–२० प्रतियोगिता आजदेखि

`

     २०८० चैत्र ०८ गते १२:३४

चितवन, चैत ८ । इण्डो नेपाल टी–२० च्याम्पियनसिप प्रतियोगिता आजबाट भरतपुरमा सुरु हुँदै छ । गौतमबुद्व अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने प्रतियोगितामा दुई भारतीय क्लबसहित छ टोलीले प्रतिस्पर्धा गर्ने भएका हुन् ।

आजको पहिलो खेल भरतपुर ११ र बागमतीबीच हुने आयोजकले जनाएको छ । चितवन जिल्ला क्रिकेट सङ्घको आयोजनामा हुन लागेको प्रतियोगितामा नेपालका तीन प्रादेशिक टोली (बागमती, सुदूरपश्चिम र मधेस) तथा भरतपुर ११ सहभागी हुँदै छन् भने भारतबाट तलतला इन्स्टिच्युट कोलकता र पिएसआर ग्रुप लखनउको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?