टी-२० विश्वकपको तयारी गर्न नेपाली टिमलाई सरकारले दियो ५ करोड

`

     २०८० फाल्गुन २३ गते ६:०६

काठमाडौँ, फाल्गुण २३ । आइसिसी पुरुष टी–२० विश्वकपमा स्थान सुरक्षित गरिसकेको नेपाली टिमको तयारीका लागि अर्थ मन्त्रालयबाट ५ करोड रकम निकासा भएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले तयारी खर्च निकासा भएको जानकारी दिँदै नेपाल सरकार, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयलाई धन्यवाद दिए।

‘नेपाली टोलीले क्रिकेटको विश्वकप जस्तो ठूलो प्रतियोगिता खेल्दै छ। विश्वकपको तयारीका लागि राष्ट्रिय खेलकुद परिषद्ले युवा तथा खेलकुद मन्त्रालय मार्फत अर्थ मन्त्रालयमा रकम निकासाका लागि सिफारिस गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?