काठमाडौँ, फाल्गुन ९ । नेपालले क्रिकेट विश्वकप लिग २ शृंखलामा बिहीबार नामिबियाविरुद्ध पुनः खराब ब्याटिङ गरेको छ । नामिबियाले टस जितेपछि ब्याटिङको निम्तो पाएको नेपाल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ३७.१ ओभरमा १ सय ६८ रनमा अलआउट भयो ।
शृंखलाको पहिलो तीन खेलमा टस जित्ने टोलीले नै खेल जित्दै आएका छन् । टस जित्ने टोलीले विपक्षी टोलीलाई पहिला ब्याटिङका लागि बोलाउने परम्परालाई निरन्तरता दिँदै नामिबियाले नेपाललाई ब्याटिङका लागि बोलाएको थियो ।




